काठमाडौं- नेपाली फिल्म क्षेत्रका सफल लेखक तथा निर्देशक शिवम अधिकारीले आफ्नो सामाजिक सञ्जालमार्फत कडा अभिव्यक्ति सार्वजनिक गरेका छन्। उनले लेखेका छन् —
“Status लेख्दा पनि अनुमती लिनु पर्ने कसैको बाउको सम्पत्तीले बाचेको छैन ल !! डर भर अनि कर मलाइ स्विकार्य छैन ल चेतना होस ।।”
अधिकारीको उक्त स्टाटसले सामाजिक सञ्जालमा चासो र बहस उत्पन्न गरेको छ। उनको यो भनाइलाई कतिपयले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गरिएको सन्देशको रूपमा लिएका छन् भने केहीले यसलाई उद्योगभित्रको कुनै विवादसँग सम्बन्धित हुन सक्ने अनुमान गरेका छन्।
शिवम अधिकारी नेपाली चलचित्र क्षेत्रका चर्चित लेखक तथा निर्देशक हुन्। उनले विभिन्न लोकप्रिय फिल्महरूमा लेखन तथा निर्देशन गर्दै दर्शकको मन जित्दै आएका छन्।
उनको पछिल्लो स्टाटसले पनि नेपाली फिल्म क्षेत्रभित्रको मतभेद र स्वतन्त्र विचार अभिव्यक्तिको विषय पुनः सतहमा ल्याएको छ।


