काठमाडौँ – राजधानीको ट्राफिक ब्यवस्थापन अहिले निकै चुनौतीपूर्ण अवस्थामा पुगेको छ। यस्ता कठिन समयमा पनि ट्राफिक प्रहरीहरू जनताको सेवामा निरन्तर खटिएका छन्। आन्दोलनका क्रममा कति प्रहरीका सवारीसाधन जले, ड्रेस र व्यक्तिगत सामानहरू समेत जले, तर उनीहरू कहिल्यै आफ्नो कर्तव्यबाट विचलित भएनन्।

यस कठिन परिस्थितिमा पनि ट्राफिक व्यवस्थापनलाई सुचारु राख्न सफल काठमाडौँ ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीको नेतृत्वको सबैले प्रशंसा गरेका छन्। अधिकारीले संकटको घडीमा पनि जनतालाई सहज आवागमन सुनिश्चित गर्न आफ्ना सम्पूर्ण टोलीलाई मनोबलका साथ काममा फर्काएका छन्।

कुनै पनि समयमा समेत उनी स्वयं विभिन्न स्थानहरूमा पुगेर ट्राफिक अवस्था अनुगमन गर्ने, आवश्यक निर्देशन दिने र आफैं चेकिङमा सहभागी हुने गरेको देखिन्छ। उनले सडकमा खटिएका ट्राफिक प्रहरीहरूको मनोबल उच्च राख्न प्रत्यक्ष रूपमा भेटघाट गरी हौसला प्रदान गर्ने काम निरन्तर गरिरहेका छन्।

उनको सक्रियता, इमान्दारिता र जिम्मेवारीप्रतिको समर्पणका कारण काठमाडौँ ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आएको छ। जहाँ पुगे पनि उनले आफ्नो कर्तव्य दृढताका साथ पूरा गर्दै प्रहरी संगठनको छवि उजागर गर्न महत्वपूर्ण योगदान दिएका छन्।

देश कठिन अवस्थाबाट गुज्रिँदै गर्दा पनि काठमाडौँ ट्राफिक ब्यवस्थापनलाई सन्तुलनमा राख्न र सुधार ल्याउन एसएसपी अधिकारीको भूमिका अत्यन्त सराहनीय मानिएको छ।



