काठमाडौँ , नेपाल प्रहरीका ३३औँ प्रहरी महानिरीक्षक (आईजीपी) बनेका दानबहादुर कार्कीलाई संगठनभित्र एक इमानदार, शिष्ट र व्यस्त–योग्य अधिकृतका रूपमा चिनिन्छ। उनले नेतृत्व सम्हालेसँगै अब रिक्त हुन लागेको डिआइजी पदमा निष्पक्ष र पारदर्शी निर्णय हुने अपेक्षाले प्रहरी भित्र–बाहिर दुवै स्थानमा चर्चा पाएको छ। धेरैले विश्वास व्यक्त गरिरहेका छन् कि यसपटक एसएसपी विश्व अधिकारीलाई अन्याय गरेर बढुवा सूचीबाट छुटाइने अवस्था दोहोरिने छैन।
विश्व अधिकारी नेपाल प्रहरीमा प्रवेश गरेको दिनदेखि नै तालिम, पढाइ, कार्यसम्पादन र नेतृत्वका सबै क्षेत्रमा अब्बल मानिँदै आएका अधिकृत हुन्। जीवनको हरेक चरणमा प्रथम हुँदै आएको उनको करियर, समर्पण र क्षमतालाई प्रहरीले वर्षौँसम्म उदाहरणको रूपमा प्रस्तुत गर्दै आएको थियो। तर दुर्भाग्यजनक रूपमा देशैभर भएको जेनजी आन्दोलन, जसले मन्त्रीदेखि प्रधानमन्त्री, गृह मन्त्रालयदेखि सुरक्षा संयन्त्रसम्म सबैलाई तनावमा पारेको थियो, त्यस आन्दोलनको सम्पूर्ण जिम्मा एकजना एसएसपीका काँधमा थुपारिनु, प्रहरी संगठनकै मनोबलमाथि चोट पुगेको भन्दै आलोचना हुँदै आएको छ।
देशभरका सयौँ अधिकृत, हजारौँ प्रहरी र थुप्रै प्रशासनिक इकाइलाई चुनौती दिएको ठूलो आन्दोलनका बीच सम्हाल्नुपर्ने संरचनागत जिम्मेवारीहरू धेरै थिए। त्यस्तो विशाल आन्दोलनको सम्पूर्ण भार एक अधिकृतमाथि थोपर्नु न त न्यायसंगत थियो, न त संस्थागत दृष्टिले उचित, बुद्धि जिबिहरु बताउँछन्।


