गोकर्णेश्वर–२ काठमाडौं, “मासिक १०० अभियान नेपाल”ले अघिल्ला वर्षहरूमा प्रदान गर्दै आएको स्टेशनरी सहयोगलाई निरन्तरता दिँदै श्री भिमदेव आधारभूत विद्यालयका १५० जना विद्यार्थीहरूलाई यस वर्ष पनि शैक्षिक सामग्री वितरण गरेको छ।

कार्यक्रमका सचिव संगिता सुवेदीले यस प्रकारका सहयोगले विद्यार्थीहरूको अध्ययन–प्रेरणा तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि अभियानले आफ्नो सामाजिक उत्तरदायित्वअनुरूपका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


