काठमाडौं, आज बसेको बढुवा समितिको महत्वपूर्ण बैठकले एसएसपी विश्व अधिकारीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्दै न्यायको ढोका खुला गरेको छ।
लामो समयसम्म विभिन्न कारणले बढुवा प्रक्रियामा अन्याय सहनुपरेका अधिकारीका लागि यो निर्णय ऐतिहासिक र न्यायपूर्ण मानिएको छ। प्रहरी संगठनभित्र क्षमता, इमानदारी र नेतृत्व क्षमताका आधारमा मूल्यांकन गर्ने आईजीपी दानबहादुर कार्कीको पहलपछि अखेर अधिकारीको योग्यताले मान्यता पाएको हो।
प्रहरी सेवामा उत्कृष्ट काम, निरन्तर नेतृत्व र संगठनप्रति समर्पणका कारण एसएसपी विश्व अधिकारीले डीआईजी पदका लागि योग्य ठहरिएको समितिले जनाएको छ।
बढुवाका लागि सिफारिससँगै अधिकारीको करियरमा नयाँ द्वार खुलेको छ र संगठनभित्र नैतिकता तथा निष्पक्षताका लागि यो निर्णय उदाहरणीय मानिएको छ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


