मकवानपुर, १६ कात्तिक २०८२ मा मनहरी गाउँपालिका–९, रजैया स्थित पुलमा लागू औषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी सक्रिय भई ४ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिहरूसँग हिरोइन जस्तो देखिने धुलो पदार्थ र मोबाइल बरामद भएको छ।
मकवानपुर प्रहरीले प्राप्त सूचनाको आधारमा अं.१९:०० बजे खटिएको टोलीले प्रतिबन्धित लागू औषध खैरो हिरोइन जस्तो देखिने धुलो २९२ मिलिग्राम र बा ८९ प ६२९३ नं.को मोबाइल सहित निम्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका व्यक्तिहरू माथि लागू औषध कसुर मुद्दामा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरू यस प्रकार छन्:
१. अनिल सिंतान, जिल्ला बारा, जितपुरसिमरा उ.म.न.पा.१६ घर भई हाल मकवानपुर, हटौडा उ.म.न.पा.१९, सान्नानटार बस्ने, २६ वर्ष।
२. संजित आले, मनहरी गाउँपालिका–५, बसन्तपुर बस्ने, २३ वर्ष।
३. बिनोद बहादुर बल, बसन्तपुर घर भई हाल मनहरी गाउँपालिका–३, लामिटार बस्ने, ३३ वर्ष।
४. सुरेश स्याङतान, मनहरी गाउँपालिका–५ बस्ने, ३० वर्ष।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको विषयमा अनुसन्धान जारी रहेको र यस घटनासँग सम्बन्धित अन्य व्यक्ति वा समूहको खोजी कार्य भइरहेको जनाएको छ।


