मकवानपुर, २१ मङ्सिर — केही समयदेखि निष्क्रिय जस्तै बनेको श्री केदारेश्वर युवा क्लब अहिले पुनः सक्रिय बन्दै गएको छ।
क्लबका अध्यक्ष राजेन्द्र कुवरको नेतृत्वमा सबै पदाधिकारीहरू एकजुट हुँदै क्लबलाई सशक्त रूपमा अघि बढाउने निर्णय भएको बैठकले क्लबको नयाँ पदाधिकारी चयन गर्दै आगामी दिनमा खेलकुद, सामाजिक सेवा र युवाको विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्ने जनाएको छ।
आर्थिक रूपमा कमजोर अवस्थामा रहेको क्लबलाई पुनः उकास्न, क्लब नविकरणका सम्पूर्ण प्रक्रिया अध्यक्ष कुवरले स्वयं पूरा गर्ने दृढता व्यक्त गरेका छन्।
पदाधिकारी घोषणा तथा सम्मान कार्यक्रममा मनहरी–९ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ तथा क्लबका संस्थापक अध्यक्ष पर्व देब अधिकारीले सहभागिता जनाउँदै नयाँ नेतृत्वलाई शुभकामना थिएका छन ।
उहाहरूले नयाँ पदाधिकारीहरूलाई टीका तथा खादा लगाएर सम्मान गर्दै क्लबलाई पुनः सबल र सक्रिय बनाउन सबै एकजुट भएर अघि बढ्न आग्रह गरे। श्री केदारेश्वर युवा क्लबले निकट भविष्यमा स्थानीय युवालाई लक्षित गर्दै विभिन्न रचनात्मक तथा सामाजिक कार्यक्रम अघि ल्याउने जनाएको छ।


