काठमाडौं, नेपालको कानुन दैब जानुन भनेको उखान फेरि लागू भएको देखिन्छ । गत भाद्र २३ गतेको जेनजी आन्दोलनमा टाउकोमा ताकी ताकी गोलि हान्न आदेश दिनेलाई कारबाही भएको देखिदैन तर २४ गते आगलागी गर्ने सरकारी सम्पती ब्यक्तिको घर जलाउनेहरु खोजी खोजी कारबाही गरेको देखिन्छ ।
२३ गतेको अपराध अपराध होईन र साना स्कुलको ड्रेसमा रहेका बालबालिका को टाउको मा लागेका गोलि हान्नेहरु र हान्न आदेश दिने जो कोहि भए पनि कानुनी दायरा मा आउनु पर्दैन र चाहे त्यो प्रहरी होस कि नेता ।
छानबिन आयोग बनेको पनि यतिका दिन भैसक्यो अझै हजारौ घाईते र 76 जना सहिद हरुले न्याय कहिले पाउने यहि बलिदानी बाट बनेको सरकार के गर्दै छ Gen Z को सरकार लाचार देखियको भन्दै केही GenZ आन्दोलन मा उत्रिएका छन अब किन कसैको मन नपोलेको होला कति आमा हरु को काख रित्त्तिएका छन कतिका सिउदो पुछिएका छन हजारौ हजार घाईते छन अङ्ग भङ्ग छन अझै पनि सरकार किन अपराधी हरु प्रती निर्मम भएर लाग्न नसकेको भन्दै चौतर्फिक आलोचना हुदा पनि सरकार अझै लाचार बनेको देखिन्छ ।
कानुन राज्यमा सामान रुपमा भएको जनताले कहिले महसुस गर्न पाउने हो जनता अझै अन्योलमा छन । सदै पावर मा हुने हरुले जनतालाई मार्ने जनताको छोरा छोरी मर्दा पनि हजारौ अङ्ग भङ्ग पार्ने अपराधी हरु अझै खुले आम हिड्ने यो कस्तो लोकतान्त्र हो । यश घटनामा सम्बन्धित प्रहरी अधिकृत नेता तेस बेलाको सिडियो तेस बेलाको सरकार सबैलाई तत्काल छन बिन होस र कानुनी कारबाही होस भन्दै आवज उठ्न थालिसकेको छ ZenZ हरु भन्छन अब हाम्रो आवाज थुन्न नखोजियोस अपराधी लाई कारबाही होस ।
के यो सरकार ले अब जनताको लागि काम गर्न सक्छत हेर्नै बाकी छ । प्रहरी संगठनको बिश्वास जनता माझ लोकपि्रय राख्न भए पनि गलत गर्ने जो कोहि भए पनि कानुनी दायरमा लेराउनु प्रहरी संगठनको पनि दायित्व हुन आउने देखिन्छ आफ्नै संगठनको प्रहरी को जुन सुकै पदमा रहेको भए पनि कारबाही गर्न पर्ने देखिन्छ यश घटना सङ जोडियका सबै सम्बन्धित निकाय कानुनी दायरा मा छिटो भन्दा छिटो लेराउनु आयोग प्रतिको जनतामा बिश्वास हुने र बिश्वास बढ्ने गरि काम गरियोस।


