काठमाडौं, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बन्द सूचीमा चेपाङ समुदायका मंगलसिंह प्रजाको नाम पनि समावेश भएको छ। चेपाङ समुदायबाट उनी समानुपातिक सूचीमा परेका हुन्।
मंगलसिंह प्रजा जनयुद्ध लडेका पूर्व लडाकु समेत हुन्। उनले माओवादी आन्दोलन र नेतृत्वका विषयमा विभिन्न माध्यममार्फत स्पष्ट रूपमा आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन्।

