मकवानपुर, श्री हरियाली सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभाको अवसरमा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आफ्नो कार्यकालभित्र वन समितिको भवन निर्माण गरिदिने घोषणा गर्नुभएको छ।

उहाँको उक्त प्रतिबद्धताप्रति स्थानीयवासीहरूले खुशी व्यक्त गरेका छन्। लामो समयदेखि भवन निर्माण हुन नसकिरहेको अवस्थामा गाउँपालिका अध्यक्षबाट आएको यो प्रतिबद्धताले सम्पूर्ण उपभोक्ता तथा स्थानीय समुदायलाई उत्साहित बनाएको छ।

यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


