हेटौंडा–१७, मकवानपुर निवासी धिरेन्द्र रिजाल हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय RAT विभाग सदस्य हुन्।
उनले हालै मधेश प्रदेश प्रादेशिक समन्वयक बिभाग संयोजगको जिम्मेवारी सम्हाल्दै ८ जिल्लामा जिल्ला RAT गठन प्रक्रिया मा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्।
पार्टी संगठन विस्तारमा सक्रिय भूमिका खेलेका रिजाल पार्टी र स्थानीयस्तरमा लोकप्रिय नेताका रूपमा परिचित भइसकेका छन्।
राजनीतिसँगै व्यवसायिक क्षेत्रमा पनि सक्रिय रिजालले नेपाल राष्ट्रिय व्यवसायिक महासंघको केन्द्रीय उपाध्यक्ष को रूपमा एक कार्यकाल सफलतापूर्वक पूरा गरिसकेका छन् र हाल दोस्रो कार्यकाल पनि सोही पदमा रहेर काम गरिरहेका छन्।
अब फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन मा मकवानपुर–१ बाट उम्मेदवारी दिने विषयमा रास्वपा भित्र चर्चा सुरु भइसकेको छ। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका रिजाललाई राजनीतिक चेतना निकै राम्रो भएका, अनुभवी र ऊर्जाशील युवा नेता का रूपमा लिइन्छ।
समाज र राष्ट्रका लागि विभिन्न क्षेत्रसँग सहकार्य गर्दै उनले गरेका कामहरूको अनुभव र सक्रियताले गर्दा नै हाल रास्वपा भित्र उनको उपस्थितिले विशेष चासो र हलचल सिर्जना गरेको देखिन्छ।


