काठमाडौं, काँग्रेसका युवा नेता गगन थापा र विश्वप्रकाश शर्माको समूहले नेकपा एमालेसँग हुने भनिएको चुनावी तालमेलको जिम्मा नलिने निर्णय गर्दै ‘नोट अफ डिसेन्ट’ लेखेर अलग बाटो हिँड्ने घोषणा गर्नु नेपाली राजनीतिमा अर्थपूर्ण संकेत हो।
सत्ता र सिटको अंकगणितभन्दा माथि उठेर पार्टीको वैचारिक पहिचान, लोकतान्त्रिक मूल्य र कार्यकर्ताको भावना जोगाउन गरिएको यो कदम स्वागतयोग्य भएको एक काङ्ग्रेस नेताले बताए ।
काँग्रेसलाई क्रमशः “नेकपा काँग्रेस” बनाउँदै लैजाने प्रवृत्तिको खुलेर विरोध गर्दै उनीहरूले पार्टीभित्रको वैचारिक स्पष्टता र आत्मसम्मानको पक्ष लिएका छन्। सिद्धान्तभन्दा समझदारी, नीति भन्दा सत्ता प्राथमिक हुने राजनीतिक संस्कारका बीच यो असहमति केवल व्यक्तिको होइन, भविष्यको काँग्रेसको दिशाबारे उठाइएको गम्भीर प्रश्न रहेको गगन थापाले बताएका छन ।
यो कदमले काँग्रेसभित्र बहसलाई बलियो बनाउनेछ, युवाहरूमा आशा जगाउनेछ र पार्टीलाई आत्मसमीक्षातर्फ धकेल्नेछ। फरक मत राख्नु विभाजन होइन, लोकतन्त्रको सुन्दर पक्ष हो—गगन–विश्वप्रकाश समूहको निर्णयले यही सन्देश दिएको छ।


