एसपी अङ्गुर जिसी कार्यसम्पादनमा नेपाल भरिमै ‘सर्वोत्कृष्ट कार्यसम्पादन’द्वारा पुरस्कृत
एसपी अङ्गुर जिसी, उत्कृष्ट कार्यसम्पादनका लागि पुरस्कृत हुनुभएको छ । उहाँले अपराध नियन्त्रण, निर्वाचन सुरक्षा, र न्याय सम्पादनमा पुर्याउनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले उहाँलाई पुरस्कृत गरेको हो ।
प्रहरी संगठनको विभागीय नीति तथा निर्देशनलाई आत्मसात गर्दै अनुशासित, लगनशील, इमानदार, व्यवसायिक र कर्तव्यनिष्ठ रूपमा जिम्मेवारी निर्वाह गरी उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा एसपी जिसीलाई पुरस्कृत गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेको नेतृत्व
सम्हालेपछि जिल्लामा शान्ति-सुरक्षाको
अवस्था सुदृढ बनाउनुका साथै अपराध
अनुसन्धानमा समेत उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै उनी पुरस्कृत हुने प्रहरी अधिकृतको सूचीमा पर्न सफल भएका हुन्।
नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै काम गर्दै आएका एसपी जिसीले आफू पुरस्कृत हुनु थप जिम्मेवारीको अनुभूति भएको प्रतिक्रिया दिएका छन्। उनले आगामी दिनमा पनि आमनागरिकलाई सुरक्षित वातावरणको अनुभूति गराउने, प्रहरी सेवामा नागरिकमैत्री व्यवहारलाई अझ सुदृढ बनाउने तथा पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न निरन्तर प्रतिबद्ध रहने बताएका छन्।


