नेपाल प्रहरीका ३३ जना एसएसपीहरूको सरुवा भएको छ । प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले एसएसपीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् ।
सरुवा सूची अनुसार काठमाडौँ र ललितपुरका प्रहरी प्रमुखहरू पनि फेरिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा दिलिप घिमिरेलाई ल्याइएको छ । घिमिरे प्रहरी प्रधान कार्यालय स्थित मानवश्रोत विकास विभागमा कार्यरत थिए।
काठमाडौँका एसएसपी रमेश थापालाई प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा गरिएको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


