दिनभर बिरामीको उपचारमा संलग्न हुने डा.यादवले भित्रभित्रै गैरकानुनी रूपमा क्रिप्टोकरेन्सीको सञ्चय तथा कारोबार र डिजिटल माध्यमबाट ठगीको जालो सञ्चालन गरिरहेको आरोपमा उनलाई चितवन प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट ३० हजार अमेरिकी डलर नगदको साथमा १७ थान मोबाइल बरामद गरेको छ।धनुषाको हंसपुर नगरपालिका ४ स्थायी घर भएका डा. यादव भरतपुर महानगरपालिका १० चित्रसेन टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए।
डाक्टर यादव मात्र होईन किप्टो लगाएतका अबैध डिजिटल मुद्रा र नेटवर्कीङ्गमा सम्लग्नहरुबारे चितवन प्रहरीले तत्काल सर्च अप्रेसन नै गर्नुपर्ने देखिन्छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


