एसपी निशान थापाद्वारा जिल्ला ट्राफिक रुपन्देहीको स्थलगत निरीक्षण तथा निर्देशन
जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देही, भैरहवा र अस्थायी ट्राफिक पोस्ट मंगलापुरमा लुम्बिनी प्रदेश नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापाद्वारा स्थलगत निरीक्षण तथा ब्रिफिङ कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यालयमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूको निरीक्षण गरी सेवा प्रवाह गर्दा उच्च मनोबलका साथ सेवामुखी भई आफ्नो जिम्मेवारी अझ प्रभावकारी बनाउने कार्यमा थप जिम्मेवार र सचेत भई सडकमा खटिन विशेष निर्देशन दिनुभएको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


