एआईजी शिद्धी शाहद्वारा कोशी प्रदेश प्रहरी तालिम केन्द्रको स्थलगत निरीक्षण
नेपाल प्रहरी तालिम सञ्चालन कार्यादेश २०७९ बमोजिम हाल सञ्चालन भईरहेका तालिम अन्तर्गत प्रशिक्षणको स्तर तथा गुणस्तरीयता लगायतका गतिविधिहरुको अनुगमन तथा निरीक्षण कार्यक्रमको लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी शिद्धी बिक्रम शाहले आज कोशी प्रदेश प्रहरी तालिम केन्द्रको भौतिक तथा प्रशिक्षण पूर्वाधारहरु र कार्यालयका विभिन्न शाखाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
साथै वाह्य तथा आन्तरिक प्रशिक्षकहरु संग अन्तरक्रिया कार्यक्रम समेत गर्नु भएको र तत: पश्चात एआईजी शिद्धी शाहद्वारा तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु लगायत प्रशिक्षणरत सेवाकालिन तथा आधारभूत तालिमका प्रशिक्षार्थीहरुलाई निर्देशन सम्बोधन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा तालुक कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाज्यू समेतको उपस्थित रहेको थियो । कार्यक्रमको अन्तमा यस तालिम केन्द्रका समादेशक एसएसपी गोविन्द अधिकारीले एआईजी शाहप्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त निर्देशनको अक्षरस: कार्यन्वयन गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो ।


