लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा
एजेन्सी । चीनको लिजियान १ क्यारियर रकेटले उच्च–फ्रिक्वेन्सी प्रक्षेपण गरेको छ । रकेटले हालै आफ्नो १३ औं अभियान अन्तर्गत पाँचवटा उपग्रहहरू अन्तरिक्षमा पु¥याएको हो ।
चिनियाँ एयरोस्पेस कम्पनी सिएएसको रकेट, उत्तरपश्चिम चीनको डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन पायलट क्षेत्रबाट प्रक्षेपण गरिएको थियो ।
अनुसन्धान टोलीका अनुसार, लिजियान १ मा दीर्घकालीन इन्धन भण्डारण, र विविध अनुकूलन सक्षम पार्ने विश्वव्यापी प्लेटफर्ममा आधारित डिजाइन रहेको छ ।
रकेटको उत्पादन र प्रक्षेपण टर्मिनलहरूमा प्रणालीगत परिवर्तनहरूले उच्च घनत्व मिसनहरूको लागि जग प्रदान गरेको छ ।
कम्पनीले कुल १०० उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । (सीसीटीभीप्लस)
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


