एसपी रबिन्द्र सिंहद्वारा मातहतको अनुगमन तथा प्रहरी कर्मचारीलाई निर्देशन
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंहले मातहतका विभिन्न प्रहरी इकाइहरूको अनुगमन तथा निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा उनले इलाका प्रहरी कार्यालय कपिलाकोट, बस्तिपुर, प्रहरी चौकी खाङसाङ, ग्वालटार, अमले तथा अस्थायी प्रहरी पोस्ट हैवारबेसीको अवलोकन गरेका थिए।
सो क्रममा सम्बन्धित कार्यालयहरूले सम्पादन गरिरहेका सुरक्षा गतिविधि, सेवा प्रवाह तथा समग्र कार्यसम्पादनबारे जानकारी लिइएको प्रहरीले जनाएको छ।
प्रहरी प्रमुख सिंहले कार्यरत प्रहरी कर्मचारीहरूलाई सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउन आवश्यक निर्देशन समेत दिएका छन्।

