एआईजी शिद्धी शाहद्वारा मधेस प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण तथा निर्देशन सम्बोधन
नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश २०७९ बमोजिम मधेस प्रदेश प्रहरी केन्द्रमा हाल सञ्चालन भईरहेका तालिम अन्तर्गत प्रशिक्षणको स्तर तथा तालिमको गुणस्तरीयता लगायतका गतिविधिहरुको अनुगमन तथा निरीक्षणको लागि एआईजी शिद्धी बिक्रम शाहले निरीक्षण गर्नुभयो कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ।
एआईजी शिद्धी शाहले मधेश प्रदेश प्रहरी तालिम केन्द्रको भौतिक संरचना , प्रशिक्षण गतिविधि र कार्यालयका विभिन्न शाखाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुका साथै तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु लगायत प्रशिक्षणरत सेवाकालिन तथा आधारभूत तालिमका प्रशिक्षार्थीहरुलाई समसामयिक विषयमा निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


