काठमाडौं प्रहरीको कमान्ड एसएसपी दिलीप घिमिरेले सम्हाले : एसएसपी रमेश थापाको विदाई
जिल्ला प्रहरी परिसर, काठमाडौंको कमान्ड प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिलीप घिमिरेले सम्हालेका छन्। बिहीबारले उनले परिसरको नेतृत्व सम्हालेका हुन्।
गृह मन्त्रालयले गत सोमबार उनको परिसरमा सरुवा गरेको हो भने आज परिसर पुगेर काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।
एसएसपी रमेश थापा बिहीबारदेखि बिदा भएका छन्। जेन-जी आन्दोलनपछिको कठिन समयमा उनले काठमाडौं परिसरको सफलताका साथ नेतृत्व गरे। काठमाडौंका प्रहरीका अधिकांश कार्यालयको बस्ने ठाउँसमेत नभएको र प्रहरीको मनोबल खस्किएको चुनौतीपूर्ण अवस्थामा उनले काठमाडौं प्रहरीको नेतृत्व सम्हालेका थिए। करिब नौ महिना काठमाडौंको कमान्ड सम्हालेका थापाले शान्तिसुरक्षालाई सामान्यीकरण गर्नदेखि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतको पक्राउ र अनुसन्धानसम्मका कामको कमान्ड गरे ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


