एआईजी हिमालय श्रेष्ठद्वारा नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनको निरीक्षण तथा अन्तरक्रिया
नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनमा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख एआईजी हिमालय कुमार श्रेष्ठ तथा भौतिक पूर्वाधार निर्देशनालय का प्रमुख प्रहरी नायब महानिरीक्षक श्री राम कुमार चौधरी को विशेष उपस्थितिमा विद्यालयको निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
कार्यक्रमअन्तर्गत सर्वप्रथम कक्षा ४ र ५ का अभिभावकहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भई अभिभावकहरूका गुनासा, सुझाव तथा जिज्ञासाहरू सुनुवाइ गर्नुका साथै आवश्यक सम्बोधन गर्नुभयो । भने विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा प्रहरी कर्मचारीहरूलाई विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन, सेवा प्रवाह तथा समग्र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशन समेत दिनुभएको छ ।
उक्त अवसरमा विद्यालयका शैक्षिक, प्रशासनिक तथा विभिन्न शाखाहरूको निरीक्षण गर्नुका साथै विद्यालय परिसर, भवन तथा भौतिक पूर्वाधारहरूको अवस्थाबारे अवलोकन गरी आवश्यक सुधार, विस्तार तथा व्यवस्थापन सम्बन्धी विषयमा सुझाव तथा निर्देशन दिनुभयो ।

