“प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३४ औँ समूहको दीक्षान्त समारोह
राष्ट्रिय प्रहरी प्रतिष्ठानमा सञ्चालित “प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३४ औँ समूहको आज प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न ।
प्रमुख अतिथि एआईजीले विभिन्न विधाहरूमा उत्कृष्ट तालिम हासिल गर्ने प्रशिक्षार्थीहरुलाई पुरस्कार बितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको उक्त समापन कार्यक्रममा उक्त प्रतिष्ठानका निर्देशक डिआईजी दिनेश आचार्यबाट प्रशिक्षार्थीहरुलाई शब्द उच्चारण सहित शपथ ग्रहण गराउनु भएको थियो भने तालिम संयोजक एसपी अनुपम श्रेष्ठज्यूले तालिम सम्बन्धि संक्षप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । Shiddhi Bikram Shah

