असार महिनाको कार्यसम्पादन मूल्याङ्कनमा एसपी मनोहर भट्टले कमाण्ड गरेको कपिलवस्तु जिल्ला प्रथम स्थान हासिल गर्न सफल
नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभरका जिल्लामध्ये जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उत्कृष्ट स्थान हासिल गरेर पहिलो स्थान हात पारेको छ ।
एसपी मनोहर भट्टले कमान्ड गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले प्रभावकारी नेतृत्व, स्पष्ट कार्ययोजना, व्यावसायिक अनुशासन, प्रविधिमैत्री सेवा, प्रभावकारी अपराध नियन्त्रण र नागरिकमुखी प्रहरी सेवाको प्रतिफलका रूपमा हेरिएको छ ।
कपिलवस्तु प्रहरीले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण, अवैध भन्सार छली रोक्ने कार्य र फरार अपराधी पक्राउमा उल्लेख्य प्रगति गर्दै जिल्ला भित्र शान्ति सुरक्षा र सामाजिक सहिष्णुता कायम राख्न स्थानीय नागरिक र विद्यालय स्तरमा समेत विभिन्न चेतनामूलक अभियानहरू संचालन गरिएका छन्।

