एसपी अङ्गुर जिसीको कमान्डमा जिल्ला प्रहरी बाँके देशभरकै ‘सर्वोत्कृष्ट कार्यसम्पादन’तर्फ प्रथम हुन सफल
नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय बाँकेले तेस्रो पटक पनि प्रथम स्थान हासिल गर्न सफल भएको छ।
एसपी अङ्गुर जिसीको कमान्डमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा लगातार उत्कृष्ट स्थान हासिल गर्दै सर्वोत्कृष्ट बन्न सफल भएको छ ।
नेपाल प्रहरीको मासिक कार्यसम्पादन मूल्याङ्कनअन्तर्गत चैत, वैशाख र असार महिनामा पनि लगातार जिल्लातर्फ बाँके प्रहरी देशभरिमै प्रथम हुन सफल भएको छ ।
बाँके जिल्लामा अपराध नियन्त्रण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र नागरिकमैत्री सेवा प्रवाहमा विशेष सफलता देखिएको छ। अपराध नियन्त्रण, शान्ति सुरक्षा, अनुसन्धान, फरार अभियुक्त पक्राउ, समुदाय–प्रहरी साझेदारी, ट्राफिक व्यवस्थापन तथा नागरिकमैत्री सेवा प्रवाहका आधारमा प्रहरीको कार्यासम्पादन मूल्याङ्कन समितिले उत्कृष्टताको अंक प्रदान गर्दै आएको छ । प्रहरी संगठनभित्र हुने नियमित कार्यसम्पादन मूल्याङ्कनमा बाँके प्रहरीको सक्रियता, परिणाममुखी कार्यशैली र नेतृत्व क्षमताले विशेष चर्चा बटुलिरहेको छ ।

