डिआईजी सानुराम भट्टराईद्वारा कार्यालय सहयोगी प्रकाश सिंह महरालाई प्रशंसापत्र प्रदान
महाकाली नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेकी एक महिलालाई आफ्नो ज्यानको प्रवाह नगरी सकुशल उद्धार गरी साहस, कर्तव्यनिष्ठा र समर्पणको उत्कृष्ट परिचय दिँदै २०८३ साल असार महिनाको “Police of the Month” हुनुभएका प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले प्रशंसापत्र प्रदान गर्नुभयो।
उक्त अवसरमा उहाँले आफ्नो ज्यानको प्रवाह नगरी नागरिकको जिउज्यानको रक्षा गर्न खटिने प्रहरी कर्मचारीको साहस र समर्पणको उच्च प्रशंसा गर्दै यस्ता प्रेरणादायी कार्यले अन्य प्रहरी कर्मचारीलाई समेत उत्कृष्ट कार्य गर्न उत्प्रेरित गर्ने तथा राम्रो कामको सदैव उचित मूल्याङ्कन हुने बताउनुभयो। साथै, “Police of the Month” सम्मानअन्तर्गत अभिलेखमा जनिने गरी प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई प्रशंसापत्रसहित नगद पुरस्कार समेत प्रदान गरिएको छ।

