डीएसपी पविन्द्र बमद्वारा कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी पविन्द्र बम्मले कार्यभार सम्हालेलगत्तै कार्यालयको आन्तरिक व्यवस्थापन सुदृढ बनाउन निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गर्नुभएको छ।
उहाँले कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्न आउट (पोशाक तथा कमाण्ड), क्वाटर गार्ड, र सम्पूर्ण शाखाहरूको विस्तृत निरीक्षण गरी सेवा प्रवाहलाई चुस्त बनाउन देहायबमोजिमका आवश्यक निर्देशन दिनुभएको छ ।
प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरूसँग विनम्र र नागरिकमैत्री व्यवहार गर्दै तत्काल गुनासो सुनुवाइ गर्ने र जिल्लाको शान्ति सुरक्षा चुस्त राख्न र अपराध नियन्त्रणका लागि गस्ती तथा निगरानी बढाउन निर्देशन दिनुभएको छ ।

