कोशी प्रदेश प्रमुख शेखर खनालद्वारा जिल्ला प्रहरी कार्यालय, मोरङको अनुगमन तथा निरीक्षण
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले जिल्ला प्रहरी कार्यालय, मोरङको अवलोकन तथा निरीक्षण गर्नु भएको छ ।
निरीक्षणको क्रममा वहाँले कार्यालयको सम्पूर्ण शाखाहरु, हिरासत कक्षको अवलोकन तथा निरीक्षण गर्नु भई जिल्ला प्रहरी कार्यालय, मोरङ तथा मातहत कार्यालयहरूका सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरूलाई समाजमा अपराध रोकथाम तथा नियन्त्रण गरी समग्र शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने कार्यमा आपसी भाइचारा तथा सहयोगी भावनाका साथै आचरण व्यवहारमा सुधार ल्याई आफूले पाएको काम, कर्तव्य, जिम्मेवारी तथा अधिकारको सही रुपमा पालना गरी सङ्गठनको हित र उद्देश्यलाई सदैव प्राथमिकतामा राखी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन समेत दिनु भयो ।
साथै अवलोकन तथा निरीक्षणमा पाल्नु भएका डिआईजी शेखर खनाल लगायत भ्रमण टोलीलाई मोरङका कार्यालय प्रमुख एसपी कबित कटवालले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था एवं अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धान सम्बन्धी प्रस्तुतीकरण दिनु भएको थियो ।

