डिआईजी गोबिन्द थपलियाद्वारा पर्यटक प्रहरी भृकुटीमण्डलको निरीक्षण तथा निर्देशन
काठमाडौं उपत्यका प्रहरी कार्यालयका डिआईजी गोबिन्द थपलियाद्वारा घुम्ती पर्यटक प्रहरी भृकुटीमण्डल, काठमाडौंको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
निरीक्षणका क्रममा डिआईजी गोविन्द थपलियाले विभिन्न शाखा, अभिलेख व्यवस्थापन तथा कार्यालयको समग्र कार्य सम्पादनको अवलोकन गर्नुभएको थियो ।
पर्यटकहरूलाई आइपर्ने समस्या, गुनासो वा आपराधिक गतिविधिहरूमा तत्काल रेस्पोन्स गरी कानुनी कारबाही अघि बढाउने र घुम्ती इकाईमा रहने आवश्यक स्रोत-साधन, सवारी तथा कमाण्डको चुस्त व्यवस्थापन गर्ने निर्देशन।
उक्त कार्यक्रममा घुम्ती पर्यटक प्रहरी भृकुटीमण्डल,काठमाडौंका प्रमुख सहित अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

