डिएसपी राजकुमार सिंहको प्रमुख आतिथ्य बिद्यार्थिहरूलाई साईबर सुरक्षा, लागू औषध र ट्राफिक नियम सम्बन्धि प्रशिक्षण प्रदान
समुदाय-प्रहरी साझेदारी “हाम्रो प्रहरी” कार्यक्रम अन्तर्गत प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायिक बिकास तथा सेवा समिति एवं सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१ र Uniglobe college को संयुक्त आयोजनामा कालि मार्ग स्थित Uniglobe college मा सोही कलेजका Principal डा. नर बहादुर बिष्टको अध्यक्षतामा प्रहरी वृत्त नयाँबानेश्वरका कार्यालय प्रमुख डिएसपी राज कुमार सिंहको प्रमुख आतिथ्य साथै कलेजका अन्य शिक्षकहरू समेतको उपस्थितिमा कक्षा ११ का बिद्यार्थिहरूलाई साईबर सुरक्षा, लागू औषध र ट्राफिक नियम सम्बन्धि बिषयमा सचेतनामूलक भिडियो डकुमेन्ट्रिहरू प्रदर्शन सहित प्रशिक्षण प्रदान गरिएको ।

