एसपी पवन भट्टराईद्वारा इलाका प्रहरी कार्यालय श्रीनगर कार्यालय तथा मातहत कार्यालय समेतको अनुगमन तथा निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन
जिल्ला प्रहरी कार्यालय पर्साका नवनियुक्त प्रमुख एसपी पवन भट्टराईले मातहतका सुरक्षा निकायहरूको वस्तुस्थितिबारे जानकारी लिन इलाका प्रहरी कार्यालय श्रीनगर तथा त्यस मातहतका प्रहरी एकाइहरूको विशेष अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
निर्देशनको क्रममा एसपी भट्टराईले सम्पूर्ण प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारी पूर्ण इमानदारिता र व्यावसायिकताका साथ निभाउनुपर्ने र सीमा क्षेत्रमा हुने अवैध तस्करी, लागुऔषध ओसारपसार र आपराधिक गतिविधि विरुद्ध शून्य सहनशीलता (Zero Tolerance) को नीति अपनाउनुपर्ने।

