मानवसेवा आश्रम वीरगञ्जमा एसपी पवन भट्टराईद्वारा अवलोकन तथा सहयोग
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईले मानवसेवा आश्रम वीरगञ्जको अवलोकन भ्रमण गर्नुभएको छ। अवलोकनका क्रममा उहाँले आश्रममा आश्रित आमाबुबाहरूका लागि खाद्यान्न तथा भोजन सेवासमेत सहयोग गर्नुभएको छ।
अवलोकनका क्रममा प्रहरी प्रमुख भट्टराईले आश्रममा आश्रित आमाबुबाहरूको अवस्था, आश्रमले गर्दै आएको उद्धार, संरक्षण तथा मानवसेवाका गतिविधिबारे जानकारी लिनुभएको थियो।
सो अवसरमा नेपाल प्रहरीले मानवसेवा आश्रमका प्रत्येक शाखामा २४ सै घण्टा एक जना सादा पोशाकका प्रहरी कर्मचारी परिचालन गरी सुरक्षा तथा आवश्यक समन्वयमा सहयोग गर्दै आएको जानकारी गराइएको थियो। मानवसेवा आश्रममा आश्रित असहाय तथा बेसहारा आमाबुबाहरूको सुरक्षा र संरक्षणमा नेपाल प्रहरीले देखाएको यो सहयोग तथा सहकार्यप्रति आश्रम परिवारले आभार व्यक्त गरेको छ ।

