प्रहरी श्रीमती संघको आयोजनामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर
नेपाल प्रहरी श्रीमती संघको ४२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महिला प्रहरी कर्मचारीहरूलाई लक्षित गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्राङ्गणमा महिलाहरुमा हुने पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी राजन अधिकारी, उपाध्यक्ष सुस्मिता के.सी., डिआईजी दिनेश आचार्य, नेपाल प्रहरीका प्रवक्ता डिआईजी अविनारायण काफ्ले, सचिव संगिता लम्साल, कार्यसमितिका पदाधिकारीहरु, आसरा सुधार केन्द्रका पदाधिकारीहरु, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा ११९ जना महिला प्रहरी कर्मचारीज्यूहरुले स्वास्थ्य परीक्षण गराई लाभान्वित हुनु भएको थियो भने ७० जना प्रहरी कर्मचारीहरुले रक्तदान गर्नु भएको थियो

