डिआईजी ओम अधिकारीले इलाका प्रहरी कार्यालय गौशला, महोत्तरीको अनुगमन तथा प्रहरी कर्मचारीलाई निर्देशन
मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी ओम अधिकारीले इलाका प्रहरी कार्यालय गौशला, महोत्तरीको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारीले मधेश प्रदेशका विभिन्न प्रहरी एकाइहरूको नियमित अनुगमन तथा निरीक्षण गर्ने क्रमलाई तीव्रता दिनुभएको छ ।
आम नागरिकका गुनासाहरूलाई तत्काल सम्बोधन गर्दै जनमुखी र पारदर्शी सेवा प्रवाह गर्न प्रहरी संगठनको मर्यादा कायम राख्दै आ-आफ्नो जिम्मेवारी पूर्ण निष्ठा र अनुशासनका साथ पालना गर्नुका साथै स्थानीय समुदाय र सरोकारवालाहरूसँग बलियो समन्वय बनाएर काम गर्न निर्देशन दिनुभएको छ

