आपराधिक पृष्ठभूमि भएका र गम्भीर आरोप लागेका सांसदको हैसियत यस्तो छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा दलित अधिकार अभियन्ता खगेन्द्र सुनार आपराधिक पृष्ठभूमि सार्वजनिक
खगेन्द्र सुनार, (जन्म: २०४७/०२/०२ दैलेख)
• बाबुः कमानसिं सुनार (डिलबहादुर सुनारको नाति) ठेगाना : नारायण नगरपालिका वडा नं २ भैसेखोर, दैलेख,
• लुम्बिनी प्रदेश, बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित, रा.स्व.पा.
• संलग्न फौजदारी मुद्दा :
१. जि.प्र.का. सुर्खेतमा २०८० असार ३ गते सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्दाको अभियुक्त, असार ११ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतको आदेशले रु२०,००० धरौटीमा छुटेको,
२. २०८१ असार ७ गते मेहेलकुना अस्पताल, गुर्भाकोट न.पा. ८, सुर्खेतको अस्पतालमा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई अभद्र व्यवहार गरेको,
“स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्य कर्मी माथि हातपात” शीर्षकमा मुद्दाको अभियुक्त, मुद्दा अदालतमा विचाराधिन रहेको,
३. विद्युतीय कारोबार सम्बन्धी मुद्दा : काभ्रेपलान्चोक जिल्ला अदालतमा अधिवक्ता मनीषा गौतमले सामाजिक सञ्जाल (Facebook पोस्ट तथा Live) मा आफूलाई अपमानजनक / आपत्तिजनक भाषा प्रयोग गरेको आरोपमा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा कारबाही गरी पाउ भनी २०८२ साउन २ गते अदालतमा मुद्दा दर्ता भएको, पक्राउ पुर्जी २०८२ साउन ५ गते काभ्रे जिल्ला अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको, अदालतमा २०८२ कात्तिक १३ गते अदालतमा उपस्थित भएर बयान दिएको, सो दिन बयान तथा थुनछेक बहसपछि काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्र कुमार कालाखेतीको इजलासले रु. ५०,००० धरौटीमा रिहा गर्ने आदेश दिएको
थियो ।

