बेलौरी: धनगढीका एक किशोरमा डेङ्गु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीका अनुसार धनगढी उपमहानगरपालिका–९ गौरीकटानका १४ वर्षीय एक किशोरमा डेङ्गु पुष्टि भएको हो ।
![]()
अरू वर्ष भदौ र असोजमा देखा पर्ने डेङ्गु संक्रमण यो वर्ष असारमै देखा परेकाले सतर्क रहनुपर्ने उनले बताए । डेङ्गु लाग्न नदिन घर वरिपरी पानी जम्न नदिने र लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरिएको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


