कृष्ण रसाईली रुपन्देही: फ्रीडम गाइज, बुटवलका सदस्य स्वर्गीय अपुर्ब श्रेष्ठको स्मृतिमा बुटवलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।



२०८० भाद्र १६ गते शनिबारको दिन बुटवल उप-महा नगरपालिका वडा-०७, रुपन्देही स्थित हिलपार्क परिसरमा स्वर्गीय श्रेष्ठको स्मृतिमा, नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समितीको आयोजना तथा गार्गी एकेडेमी बुटवल, गणेश बहादुर जिसि र भगवता पौडयालको सहप्रायोजक साथै विभिन्न संघसंस्थाहरुको सहयोगमा एक औपचारिक समारोहका बिच उक्त कार्यक्रम सम्पन्न गरिएको हो। नेपाल रक्तसंचार सेवा केन्द्र, बुटवलको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा १ सय २८ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक रुपेन्द्र अधिकारीले जानकारी दिए।

बुटवल उप-महानपा वडा-०७ कि वडासदस्य राधा देवि पौड्यालको प्रमुख आतिथ्यता, समाजसेवी मृगेन्द्र शेरचन, शिवनगर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मनिज गौचन, संघका सल्लाहकारकार सुरेन्द्रा कुमार शाक्य, हिलपार्क परिषदका महासचिव टंक पराजुली, क्लबका संयोजक प्रकाश क्षेत्री, स्व. क्षेत्रीका आमा दिलु क्षेत्री लगाएतको आतिथ्यता र रगत, रगततत्व ब्यवस्थापन लगाएत विभिन्न सामाजिक कार्यहरुमा अग्रसर थुप्रै सामाजिक संघसंस्था, क्लबका पदाधिकारीहरु, सदस्यहरु, युवावर्गहरु, पत्रकारहरु, बुद्धिजीवीहरु, नियमित रक्तदाताहरु, सरोकारवालाहरुको बाक्लो उपस्थितमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संघ केन्द्रीय समितीका अध्यक्ष दया सिलवालले गरेका थिए।

उपस्थित द्वारा स्वर्गीय क्षेष्ठको तस्बिरमा माल्यार्यपर्ण तथा मौन गरि उद्घाटन गरिएको उक्त कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, महासचिव दिपक अधिकारी, संघको रुपन्देहि शाखाका अध्यक्ष अशेष सिलवाल, क्लबका सचिव पवन राई लगाएतले सम्पुर्ण रक्तदाताहरु विशेष धन्यवाद प्रकट गर्दै रगत, रगततत्व र रक्तदानको महत्वको बारेमा प्रकाश पारेका थिए।

