एसएसपी तुल कार्कीको प्रमुख आथित्यतामा कार्यक्रम व्यवस्थापन, उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम
ललितपुर जिल्लाका प्रहरी प्रमुख एसएसपी तुला बहादुर कार्कीको प्रमुख आथित्यतामा कार्यक्रम व्यवस्थापन, उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी परिसर, ललितपुर र साथी श्रम प्रशिक्षण केन्द्र ललितपुरको सहकार्यमा आयोजित दश कार्य दिनको कार्यक्रम व्यवस्थापन, उदघोषण तथा क्षमता अभिवृद्धी तालिमका सभाअध्यक्ष साथी श्रम प्रशिक्षण केन्द्र सानेपा ललितपुरकी सजना नकर्मी,र जिल्ला प्रहरी ललितपुरका एसएसपी तुल बहादुर कार्कीको प्रमुख आथित्यतामा, जिल्ला प्रहरी परिसर ललितपुरका सि.प्र.अहरु, उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष अजरमान जोशी , साथी श्रम प्रशिक्षण केन्द्र ललितपुरकी संरक्षक मैया महर्जन, प्रशिक्षण केन्द्रका पदाधिकारीहरु र प्रहरी कर्मचारी गरी जम्मा ५१ जनाको उपस्थितिमा उदघोषण तथा क्षमता अभिवृद्धी तालिमको प्रमाण पत्र र प्रशंसा पत्र बितरण गरी कार्यक्रम समापन।

