ज्ञानेन्द्र थापा बेलौरी । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट अछामको साँफेबगर नगरपालिका–३ का २४ वर्षीय मुकेश कुँवर सहित २ जनाको साथबाट १ ग्राम ६२० मिलीग्राम लागु औषध खैरोहेरोईन फेला पारी नियन्त्रणमा लिएको हो। सुपप्रको ०१–००८ प ४६५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा लागुऔध फेलापरेपछि उनीहरुलाई पक्राउ गरिएको हो।
![]()
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


