काठमाडौँ: १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार नागार्जुन नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम सिलवाल पक्राउ परेका हुन् ।
![]()
सिलवालले गत सोमवार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको छ। सोही उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


