बेलौरी: बैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोटका राकेश कुँवर करणी आरोपमा बिहिबार पक्राउ परेका हुन्।
![]()
कुँवरले पुर्चौडीकै नाबालिक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिनुभयो ।
अभियुक्त कुँवरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


