स्मार्ट पाटीका क्राईम रिपोर्टर राजा कुमारलाई पुत्री लाभ,
काठमाडौं — लामो समयदेखि क्राईम रिपोर्टिङमा सक्रिय, निडर पत्रकारका रूपमा परिचित स्मार्ट पाटी डट कमका क्राईम रिपोर्टर राजा कुमारलाई हालै पुत्री लाभ भएको छ। नयाँ नानीको आगमनसँगै उहाँको परिवारमा दुगुना खुशीयाली छाएको छ।
समाचार संकलनदेखि अपराध अनुसन्धानसम्ममा आफ्नो दायित्व इमान्दारीपूर्वक निर्वाह गर्दै आउनु भएका राजा कुमारलाई सहकर्मी, शुभचिन्तक र सम्पूर्ण पत्रकारिता क्षेत्रले समेत हार्दिक बधाई ज्ञापन गरेका छन्।
SK Mission Media परिवार उहाँलाई नवनिर्मित छोरीको उज्ज्वल भविष्य, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछ। उहाँको परिवारमा सधैं प्रेम, समृद्धि र सुख–शान्ति छाओस् भन्ने शुभेच्छा!

