बेलौरी: कैलालीका एक युवकले मोटरसाइकल निर्माण गरेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका पारश साउँदले एक लाखको लागतमा इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गरेका हुन। उनले आफ्नो व्यक्तिगत लगानीमा घरमै इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गरेका छन्।
![]()
गेटामाको सरस्वती नमुना माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत साउँदले घरमै कवाडबाट ल्याएका फलामका सामान प्रयोग गरेर मोटरसाइकलको च्यासिस निर्माण गरेको बताए। उनले अन्य इलेक्ट्रोनिक सामाग्री र व्याट्रि खरिद गर्दा कुल एक लाख खर्च भएको बताएका छन्।
![]()
आगामी दिनमा अध्ययनसँगै मोटरसाइकल बनाउने काम पनि गर्ने साउँदे बताए। उनले निर्माण गरेको मोटरसाइकल प्रतिघण्टा ६० किलोमिटर कुद्ने बताइएको छ। एक पटक चार्ज गरेपछि मोटरसाइकल ८० किलोमिटर चल्ने छ।

