निराज रानाभाट, चितवन । कलाकार संकल्प लामिछानेको ‘ सुन माया ’ बोलको लोक दोहोरी गीत आज सार्वजनिक गरिएको छ । जसमा शब्द एक नारायण भण्डारी र लय वसन्त थापाको रहेको छ । उक्त गीतमा संकल्प लामिछाने र शान्ति श्री परियारको आवाज रहेको छ । उक्त गीतमा ओबि रायमाझी र नारायणी खत्रीको अभिनय देख्न सकिन्छ । उक्त गीतको एरेन्जमा बिनोद बाजुराली रहेका छन, भने भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । गीतको सम्पादन / कलर मनोज कार्कीले गरेका छन । उक्त गीतको रेकर्डडिष्टमा सागर बाजुराली र गोविन्द पराजुली रहेका छन् , भने मिक्सङ्ग / मास्टरिङ्गमा खड्क बाजुराली रहेका छन ।
![]()
त्यसैगरी, उक्त गीतको भिडियोलाई स्मृति तिमिल्सिना (गुरुआमा ) ले निर्देशन तथा काेरियाेग्राफर गरेकी छिन् , भने मेकप सरिता मगरले गरेकी छिन् । उक्त गीतको भिडियो पहिलो पाइला अनलाइन टिभी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। विगत लामो समयदेखि कलाकारितामा सक्रिय संकल्पको यो दोश्रो सिर्जना हो । गायक लामिछानेको यस भन्दा अगाडि ‘ धोका दिन्छौ कि ’ भन्ने गीत बजारमा आइसकेको छ । उनी विशेषगरी हास्य कलाकारितामा रमाएका कलाकार हुन् , भने उनलेे दर्जनौ सिरियलमा अभिनय समेत गरिसकेका छन ।
भिडियो :


