निराज रानाभाट, काठमाडौं : गायक पवन रानाभाट र गायिका जुनु रिजालको स्वरमा रहेको ‘ पर्छकी पिर ’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द तथा रचना सुनिल कुमार शर्मा ‘ शर्मा जि प्युठान ’ ले गरेका हुन् , भने गीतमा संगीत चाहिँ गायक पवन रानाभाटकै रहेको छ । उक्त गीतमा सागर लम्साल ‘ बले ’ र झरना राईको अभिनय रहेको छ । त्यस्तै, गीतको एरेन्ज / मिक्सिङ्ग पनि पवन रानाभाट स्वयंले गरेका हुन् । उक्त गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन्
![]()
यसैगरी, उक्त गीतमा काेरियाेग्राफर राेशन विश्वकर्मा रहेका छन, भने सिनेमाटोग्राफर बुद्ध थापा ( टिम एमबिए ) रहेका छन । बले इन्टरटेनमेन्टको प्रस्तुति र तौवा क्रिएसनको सहकार्यमा सार्वजनिक भएको ‘ पर्छकी पिर ’ म्युजिक भिडियो ‘ बले इन्टरटेनमेन्ट ’ को युट्युब च्यानलमा उपलब्ध छ । प्रेम भाव बोकेको गीतमा सागर र झरनाले प्रेमिल जोडीको भूमिका निभाएका छन् र उनको जोडी निकै सुहाएको छ । गीतको अडियो पनि निकै राम्रो रहेको छ ।
भिडियो :

