बेलौरी: डोटीमा निर्माणाधीन अस्पतालको पानी ट्याङ्कीमा बालकको शव भेटिएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ गैराका ८ वर्षीय बालक दिपेश मलासीको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार निर्माणाधीन प्रादेशिक सरुवा अस्पतालको रिजर्व ट्याङ्कीमा बालकको शव भेटिएको हो । शुक्रबार गाई गोरु चराउन गएका मलासी अबेरसम्म घर नफर्किएपछि उनको खोजीकार्य थालिएको थियो ।
![]()
खोजी गर्ने क्रममा बालकको शव अस्पतालको रिजर्व ट्याङ्कीमा भेटिएको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभारः गोरखापत्र
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


