बेलौरी:कञ्चनपुरको पुनर्वास नगरपालिका- ११ डोकेबजारबाट गाई गोरुको डेढ सय पिस छाला बरामद गरिएको छ ।

आईतबार दिउँसो बेलौरीबाट काठमाडौँ गईरहेको सुदूरपश्चिम प्रदेशको ०२००१ ख ११०८ नम्बरको बसबाट गाईगोरुको छाला बरामद गरिएको हो ।
छालामा संलग्न पुनर्वास नगरपालिका-३ का डेने तामाङ र सिन्धुपाल्चोकका सन्तोष कुमार खड्कालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरीले पक्राउ गरेको छ ।
![]()
तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले छाला परिक्षणका लागि बिधि विज्ञान प्रयोगशाला पठाएको जानकारी दिए।

पक्राउ परेका दुबै जनालाई पक्राउ गरि अदालतबाट म्याद थप गरिएको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


