काठमाण्डौं । कोठाको ताला फोडेर चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा मिर्गे वडा नं.४ परिवर्तित वैध्यश्वर गा.पा.वडा नं. ४ घर भई हाल काठमाण्डौं म.न.पा. वडा नं १७ डल्कु बस्ने २७ वर्षिय मान बहादुर परियार रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।
परियारलाई शनिबार काठमाण्डौ नागार्जुन न.पा. वडा नं. ९ स्युचाटारबाट सम्झना मगर समेतको डेरा कोठाहरुबाट सुन तथा चाँदिका गहना नगद समेत चोरी गरेको भन्ने गोप्य सुचनको आधारमा प्रहरी वृत्त कालिमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयको संयुक्त प्रहरी टोलिले खोजतलास गर्ने क्रममा सोमबार काठमाडौ वडा नंम्बर १८ नरदेवीबाट पक्राउ गरेको हो । प्रहरीले मोबाईल ३ थान, नेपाली रुपैयाँ बाह्र हजार सहित उनिबाट ताला फोड्न प्रयोग हुने औजारहरु समेत वरामद गरेको छ ।
पक्राउपछि उनलाई प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान समेत भईराखेको छ ।


