टेकराज आचार्य सुर्खेत: पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष धनीराम धमलाले नेपाली क्रिकेट खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषण गरेका छन्।
उनले आफ्नो सामाजिक सञ्जालमा नेपाली खेलाडीले खेलाडीको प्रोत्साहन स्वरुप पुरस्कार दिने घोषण गरेका हुन्।

नेपालको राष्ट्रिय टिमले भारतीय क्रिकेट टिमलाई एसियाकप क्रिकेट प्रतियोगितामा पहिले ब्याटिङ गर्दै २३१ रनको चुनौतीपुर्ण लक्ष्य दिएको खुसियालिमा उक्त पुरस्कार दिने घोषण गरेको उनले बताए ।

वडाको युवा तथा खेलकुद् शीर्षकमा विनियोजन गरेको बजेट मध्ये पचास हजार रकम पुरस्कार दिने उनले बताए ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


